चितवनमा कोरोना भाइरसको डेल्टा भेरिएन्ट फेला परेको छ। कोरोना पोजिटिभ देखिएका पाँच नमूना परीक्षणका क्रममा दुईटा नमूनामा डेल्टा भेरिएन्ट पत्ता लागेको भरतपुर अस्पतालले जनाएको छ।
भरतपुर अस्पतालको पीसीआर प्रयोगशालामा पोजिटिभ देखिएका ५ वटा भरतपुर महानगर भित्रका स्वाबका नमूनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएकोमा सो प्रयोगशाला मार्फत दुईवटा नमूना अन्तराष्ट्रिय प्रयोगशालामा पठाइएको र उक्त दुवै नमूनाहरुमा डेल्टा ९बी.१.६१७.२० प्रमाणित भएको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ। पहिलो लहरको अल्फा भेरिएन्ट भन्दा कोरोना डेल्टा भेरियन्ट बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।
डेल्टा भेरिएन्टले बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता भएको विज्ञहरुले बताएको अस्पतालले जनाएको छ।
Leave a Reply