ग्लोबल टिभि
0
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६७ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५,४३८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४७१५ जना रहेका छन् ।
आइसोलेसनमा ३८,७३७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । शनिबार थप १८ सय जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८९,८४० पुगेको छ । आइसियूमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।
Post Views: 2,052
Leave a Reply