आज केही स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध

 ग्लोबल टिभि           0

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने जानकारी दिएको छ ।

आज राति देशभर बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार अहिले देशभर बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *