कोटेश्वर–कंलकी सडकको ग्वार्काेमा फ्लाइओभर निर्माण गर्न ३० करोडको टेन्डर आह्वान

 ग्लोबल टिभि      मङ्लबार, असार २९, २०७८      0

सरकारले कोटेश्वर–कंलकी सडक खण्डको ग्वार्काेमा फ्लाइओभर निर्माण गर्ने भएको छ । सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्काे चोकमा फ्लाइओभर निर्माणको लागि सोमबार टेन्डर आह्वान गरेको हो ।

फ्लाइओभर निर्माणमा सहभागी हुने ठेकेदार कम्पनीले आगामी साउन २६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७÷७८ को बजेटमा कंलकी–कोटेश्वर सडक खण्डको विभिन्न तीन ठाउँमा फ्लाइओभर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेका थिए ।

अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेकोमध्ये एउटा मात्रै खण्डमा फ्लाइओभर निर्माणको लागि टेन्डर आह्वान भएको हो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले ग्वार्काे चोकको फ्लाइओभर (ओभरपास) इन्जिनियरिङ प्रोक्योरेमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा बनाइने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *