करेन्ट लागेर एकजनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, मंसिर १०, २०७७      0

काठमाडौं । महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भंगाहा नगरपालिका–९ पथलैया बस्ने ४१ वर्षीय रामनारायण साह रहेका छन् ।

प्रहरीका अनुसार मंगलबार राति भंगाहा नगरपालिका–४ कोबीबारीस्थित काउली खेतमा लगाएको विद्युतीय तारको घेरामा पर्न जाँदा उनलाई करेन्ट लागेको थियो । सोही स्थान भएर हिँड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शुभस्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *