समाजबाट महिला हिंसा जरैदेखि अन्त्य गरौं : आरजु देउवा

 ग्लोबल टिभि      बुधबार, मंसिर १०, २०७७      0

काठमाण्डौं । महिला हिंसा विरुद्धको १६ दिने अभियान आज सुरु भएको छ । सन् २०३० सम्म जारी रहने सो अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म बनाईदै आएको छ ।

पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य सो अभियानले लिएको छ । गत वर्ष मात्र विश्वका २४ करोड ३० लाख महिला नजिकका पुरुष साथीबाटै हिंसा भोग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको तथ्याङक छ । सो मध्ये ४० प्रतिशत महिलाले न्यायको साहारा लिएका थिए ।

पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण घरेलु हिंसामा ५ प्रतिशतले बृद्धि भएको छ । साथै विद्यालय बन्द भएपछि विवाहका लागि दवाव खेप्ने र जागिर गुमाउने महिलामाथि दुव्र्यवहार हुने गरेको राष्ट्रसंघले जनाएको छ । कोरोना संक्रमण जोखिमका बीच विश्वका १ सय ३५ राष्ट्र महिला हिंसा विरुद्ध सशक्त रुपमा उभिएका छन् ।

नेपालले पनि दिवसका अवसरमा लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको एक्येवद्धता भन्ने नारा तय गरेको छ ।

यसैबीच, राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पनि समाजबाट महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैगरि कांग्रेस नेतृ आरजु देउवा राणाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दे यस अभियान मात्र होइन बर्षभरिनै महिला हिंसा बिरुद्व लाग्नु पर्नेमा जोड दिइन् ।
उनले भनिन् ‘जुन समाजमा घर भित्र , बाहिर, महिला हिंसा हुुन्छ त्यो समाजमाा उन्नति प्रगति समृद्धि सम्भव छैन । ’
नेतृ राणाले समाजबाट महिला हिंसा जरैदेखि अन्त्य गर्नुपर्नेमा पनि जोड दिइन् ।
उनले हरिबोधनी एकादशीकै दिन हिंसा बिरुद्धको अभियान शुरु भएको भन्दै भगवान बिष्णुले तुल्सीलाई गरेको सम्मान जस्तै सबैले महिलालाई सम्मान गर्नुपर्नेमा पनि नेतृ देउवाको जोड थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *