बंगलादेशबाट आइपुग्यो ५२ हजार टन मल

 ग्लोबल टिभि      बुधबार, असार ३०, २०७८      0

सरकारले बंगलादेशबाट खरिद गरेको मल नेपाल आइपुगेको छ । नेपाल तथा बंगलादेशका दुई कम्पनीबीचमा ५० हजार टन मल ल्याउने सम्झौता भएको थियो ।

सम्झौता गरेको भन्दा २ हजार टन थप गरेर ५२ हजार टन रासायनिक मल आइपुगेको हो । बंगलादेशबाट युरिया मल ल्याउनका लागि नेपाल कृषि सामग्री कम्पनी र बंगलादेशको ‘बंगलादेश केमिकल इन्डस्ट्रिज’बीच सम्झौता भएको थियो । बंगलादेशसँग प्रतिटन २५९।१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको थियो ।

सम्झौतामा मल थपघट गरेर ल्याउने व्यवस्था भएअनुसार अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य सस्तो भएकाले ५२ हजार खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । प्रत्येक वर्ष किसानले मलको अभाव खेप्नुपरेको थियो । यो वर्ष समयमै मल आयात गरिएकाले पनि बजारमा अभाव छैन ।

कम्पनीले सहकारी संस्थामार्फत मल वितरण गरिरहेको जानकारी दिएको छ । अझै कम्पनीसँग १५ हजार मौज्दात रहेको जानकारी दिएको छ । कम्पनीले ४ हजार ७ सय सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेको छ ।

सरकाले आगामी वर्षका लागि बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेर करिब ६ लाख टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखेको छ । यो वर्ष ११ अर्ब रुपैयाँ अनुदान हुँदा साढे ४ लाख टन मल भित्रिएको छ । सरकारले समयमा मल आयात गर्न नसक्दा प्रत्येक वर्ष किसानले मलको अभाव खेप्नुपरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *