ग्लोबल टिभि
0
बर्दिया । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका ९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट समेत गरी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Post Views: 1,407
Leave a Reply