२०९ किलो गाँजासहित भारतीय ट्रक नियन्त्रणमा

 ग्लोबल टिभि      बुधबार, असार ३०, २०७८      0

मकवानपुर प्रहरीले हेटौंडाको दुई स्थानबाट २०९ किलो लागू औषध गाँजा, सवारी साधनसहित संलग्नहरुलाई  नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला हेटौंडा १५ रातोमाटेमा हेटौडाबाट बारा तर्फ जाँदै गरेको विआर.१ जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट गाँजा १६९ किलो फेला परेको छ।

प्रहरीले गाडीका चालक भारत मोतिहारी बस्ने ३० वर्षको रविन्द्र राय र सहचालक सोही स्थान बस्ने ३१ वर्षको मुक्तार सैफिकलाई पनि नियन्त्रणमा लिएको छ। गाँजासहित नियन्त्रणमा लिएकाहरुको थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक जयश्वर रिमालले बताए ।
त्यस्तै आजै बिहान ७ बजे प्रहरी टोलिले हेटौंटा १९ नेवारपानीबाट मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनर गाडीमा गाँजा ४० किलो गाजाँ फेला छ। प्रहरीले गाडीका सहचालक नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षका दीपक गुरुङलाई  नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *