निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

 ग्लोबल टिभि           0

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमखु जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तीन जिल्लाका प्रजिअहरुको बैठक आज बस्ने तर समय भने तय भइनसकेको जानकारी दिएका छन् ।

यसअघि थपिएको निषेधाज्ञाको अवधि आज मध्यरात १२ बजेबाट सकिन लागेसँगै त्यसबारे निर्णय गर्न बैठक बस्न लागेको उनले जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अब १५ दिन निषेधाज्ञा थप गर्ने र लामो दूरीका यातायात पनि खुला गर्नेबारे छलफल भइरहेको बताएका छन् ।

लामो दुरीका सवारी खुला नगरेको भएपनि विभिन्न बाहनामा सञ्चालन भइरहेको र यात्रुले सास्ती पाएको गुनासो आएकाले त्यसबारे निर्णय गर्नुपर्ने देखिएको बताए ।

कोरोनाको दोस्रो लहरसँगै काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा विभिन्न समयमा थप गर्दै जारी राखिएको छ । तर, निषेधाज्ञा खुकुलो गरिएको छ । उपत्यकामा सवारी साधन, व्यापार व्यवसाय सञ्चालनमा आएका छन् भने शैक्षिक संस्था, फिल्म हल लगायत बन्द रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *