बिरामी बोकेको पिकअप भ्यान त्रिशूलीमा खस्दा ३ जना बेपत्ता

 ग्लोबल टिभि           0

धादिङ । प्यूठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु १ च ९७३१ नम्बरको गाडी आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर तल त्रिशूलीमा खसेको हो ।

त्रिशूलीमा खस्दा पिकअपमा सवार चारमध्ये एक जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा प्युठान घर भएका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का रहेका छन् ।

घाइतेको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्रिशूलीमा खसेको पिकअप पानीले डुबेर नदेखिने अवस्थामा रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *