साउन १५ गतेभित्र ३२ लाख खोप आउँदैछ, सबैले लगाउन पाइन्छ, संयमित बनौं :  स्वास्थ्य मन्त्रालय

 ग्लोबल टिभि           0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गतेभित्र थप ३२ लाख मात्रा खोप नेपाल आउने बताएको छ । त्यसपछि पनि निरन्तर खोपहरु आउने भन्दै मन्त्रालयले संयमित भइ खोप अभियान सफल बनाउन सहयोग गर्न सबै नेपालीप्रति अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनामा कोरोना संक्रमणबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ । यसका लागि आवश्यक पर्ने सबै खोपहरुको व्यवस्थापन भइरहेको मन्त्रालयको भनाइ छ ।

पछिल्लो समय प्राप्त सबै खोपहरु जिल्लाहरुमा पुसिकेको र केही जिल्लाहरुबाट भरोसेल खोप अभियान सुरु गरी अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी प्राप्त भएपनि ती स्थानमा खोप अभियान आइतबारबाटै सुरु हुने पनि मन्त्रालयको भनाइ छ ।

हाललाई भेरोसेल खोप लगाउने वर्गमा ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरु तथा जानसेनको खोप लगाउने वर्गमा ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु पर्ण र अति अशक्त  (वर्ग क र ख) अपांगता भएकाहरु हाल नेपालमा बसोबास गरिरहेका शरणाथीहरु स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरु तोकिएको मन्त्रालयले जनाएको छ। चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर संचालन हुने मन्त्रालयले जनाएको छ।

आफ्नो पालो अनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान र अरुको खोप लगाउने पालोमा भिडभाड नगरी खोप अभियानमा सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

आगामी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तिमा बत्तिस लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरुका लागि दोस्रो मात्राको खोप व्यवस्था भई सकेको र केही दिनमै ती खोपहरु प्राप्त भई प्रतिक्षामा रहेका सबैलाई दोस्रो मात्रा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *