ग्लोबल टिभि
शनिबार, साउन २, २०७८
0
सरकारले देशभर बढेको सार्वजनिक गाडीको भाडादर सार्वजनिक गरेको छ। पेट्राेलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडीको भाडा २० देखि २८ प्रतिशत सम्म भाडा बढेको हो।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेकाे मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेकाे हाे।
विभागका अनुसार उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ।
केपी शर्मा ओली सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियाे। यता, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराइको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरिएकाे छ।
Post Views: 1,650
Leave a Reply