सिरहा । बलात्कार आरोपमा मौलाना अली असन पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० घर भई हाल लहान–१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय हसनलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।
मौलाना हसनकहाँ झारफुक गराउन गएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ ।
प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानले बताएको छ ।
झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको भनाइ छ ।ती युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् ।
Leave a Reply