ग्लोबल टिभि
0
आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।
Post Views: 1,402
Leave a Reply