जनकपुर–जयनगर रेलको आज परीक्षण गरिने

 ग्लोबल टिभि      आइतवार, साउन ३, २०७८      0

जनकपुर–जयनगर रेलको आज परीक्षण गरिने भएको छ। रेल सञ्चालन पूर्वको तयारीको शिलशिलामा रेल्वे ट्रयाकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम शुरु हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा सूचना जारी गर्दै रेल्वे लिकको स्पिड र सर्टिफिकेसन गर्ने काम हुने जानकारी गराएका हुन् । महाप्रबन्धक भट्टराईका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिने छ। स्पिड टेस्ट गर्दा रेलको स्पिड १२० किलोमिटर प्रतिघण्टा हुने भएकाले रेल्वे ट्रयाकमा सुरक्षा महत्वपूर्ण हुन्छ ।

आइतबार रेल्वे ट्रयाक वरपरका आम नागरिकलाई ट्रयाकमा मान्छे, गाई‚ भैंसी‚ साइकल‚ मोटरसाइकल, बालबच्चा नछोड्न र ट्रयाकबाट दूरी कायम गरिदिन अनुरोध गरिएको महाप्रबन्धक भट्टराईले बताए । परीक्षणको विषयमा सूचना जारी भइसकेको र अवज्ञा गरी कुनै दुर्घटना भएमा ब्यक्ति स्वयं जिम्मेवार हुने र कानुनअनुसार कारबाहीसमेत गरिने उनले चेतावनी दिएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *