ग्लोवल टि.भी.
शुक्रबार, मंसिर १२, २०७७
0

चितवन । चितवन कारागारबाट एक थुनुवा फरार भएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार करणी मुद्दामा गएको साउन २० गतेदेखि थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।
उनका अनुसार बिहीबार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Post Views: 381

Leave a Reply