भेटिएको १५ दिनपछि परिवारले बुझे सुजिताको शव

 ग्लोबल टिभि           0

मृत अवस्थामा भेटिएकी राप्ती नगरपालिकाकी सुजिता भण्डारीको शव परिवारले १५ दिनपछि बुझेका छन् ।स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए ।

तर, सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि परिवारले भण्डारीको शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए।

शव परीक्षणको सबै प्रक्रिया भइसकेकाले परिवारले बुझेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको गहिरो रूपमा अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

गत असार ११ गते घरबाट निस्किएकी सुजिता असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *