सप्तरीमा चन्द्रनहर भत्किँदा झण्डै पाँच सयभन्दा बढी घर डुबानमा

 ग्लोबल टिभि           0

लगातारको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्किँदा झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।

अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिए। उनका अनुसार दुई ठाउँमा गरी झण्डै ५० मिटर नहर भत्किएको छ ।

बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन् । यस्तै, बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ ।

गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका झण्डै २ सय ७५ घर डुबेका छन् । तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् ।

निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ । यस्तै, सप्तकोशी, त्रियुगा,महुली,खाँडौ बलानलगायत नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *