ग्लोबल टिभि
0
काठमाडौं । मंगलबार र बुधबार मात्रै २ हजार ९०० रुपैयाँले घटेको मूल्य हिजो बिहीबार स्थिर रह्यो । तर शुक्रबार पुनः सुनको मूल्य कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post Views: 1,103
Leave a Reply