कलाकार पल्पसा टिचिङ अस्पतालमा

 ग्लोवल टि.भी.      बुधबार, साउन ६, २०७८      0

नेपाली हाँस्य जगतकी लोकपृय कलाकार पल्पसा डंगोल यतिबेला अस्पतालको शैयामा छिन् । ५ वर्षदेखि किड्नीको समस्यासंग जुध्दै आएकी डंगोल टिचिङमा उपचारत छिन् । पल्पसाको मृगौला नै फेर्नु पर्ने डाक्टरले बताएका छन् । पल्पसाको उपचारका लागि कलाकारहरुले आर्थिक सहयोगको अभियान शुरु गर्न लागेको थिए, तर,उनले उपचारका लागि आर्थिक समस्या नभएको बरु किड्नीको आवस्यकता भएको बताएकी छिन् ।

सुरुमा पल्पसाको उपचारका लागि ५० लाख लाग्ने खबर बाहिरिएको थियो, तर पछि डाक्टरले १५ देखि २० लाखसम्म खर्च हुने बताएपछि पल्पसाले त्यस्को जोहो आफै गर्न सक्ने बताएकी छिन् ।

हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने विषयमा छलफल भैरहेको आफन्तले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *