ग्लोबल टिभि
शुक्रबार, मंसिर १२, २०७७
0
कास्की । आफ्नै १३ वर्षीया छोरीलाई बारम्बार करणी गर्दै आएका ३९ वर्षीय बुबालाई प्रहरीले पक्राउ गरेको छ ।
विगत केही वर्ष अगाडिदेखि अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पछिल्लोपटक मंसिर ६ गते एउटा होटेलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
सोही सूचनाका आधारमा खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
उनी विरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Post Views: 1,289
Leave a Reply