आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

 ग्लोबल टिभि      बिहिबार, साउन ७, २०७८      0

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । अहिले देशभर सामान्यदेखि पुर्ण बदली रहि कर्णाली र सुदुरपश्चिम बाहेकका प्रदेशमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, र वागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *