८ लाख डोज खोप चीनबाट आयो ,थप खोप लिन आज जहाज जाँदै

 ग्लोवल टि.भी.      बिहिबार, साउन ७, २०७८      0

चीनबाट ८ लाख डोज नेपाल आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप काठमाडौं ल्याएको हो ।

बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २स्०७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो ।

यो चीनसँग नेपालले किनेको खोप हो । चीनबाट थप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राति ११ बजे बेइजिङ जाने छ ।

जहाज थप खोप लिएर शुक्रबार दिउँसो काठमाडौं फर्कने छ। जहाज शनिबार पुनः बेइजिङ जाने तालिका छ । जहाज आइतबार थप खोप लिई काठमाडौं आउने छ । नेपालले चीनबाट कुल ४० लाख डोज खोप खरिद गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *