सत्यकलाको ‘भुलेर नी माया नलाउनु’ सार्वजनिक(भिडियो सहित)

 ग्लोबल टिभि           0

गीतकार सत्यकला लामाको शब्दमा रहेको नयाँ गीत ‘भुलेर नी माया नलाउनु’ सार्वजनिक भएको छ । बादल थापाको संगीत रहेको ‘भुलेर नी माया नलाउनु’ एएमएस इन्टरटेन्टमेण्ट युट्यूब च्यानलमार्फत विहिबार दिउँसो सार्वजनिक भएको हो ।

‘भुलेर नी माया नलाउनु’मा गायिका सुरक्षा शेन्चुरीले स्वर दिएकी छन्, भने म्यूजिक भिडियोमा सन्तोषराज बहाकले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा कलाकार विकाश लामिछाने र गीतकार लामालाई देख्न सकिन्छ ।

गीतको छायाँकन ज्ञानेन्द्र शर्मा र सम्पादन डिनसन शाहले गरेका गरेका हुन् । पे्रम कहानीमा आधारित म्यूजिक भिडियोमा प्रेमीकाले आफ्नो प्रेमीलाई खुबै माया गर्छिन् तर, उनकी प्रेमी भने अरु नै केटीसंग रमाउँदै हिडेको दृष्य देख्न सकिन्छ ।

एक अर्कालाई विश्वासका साथ गरिने प्रेम मात्र साँचो प्रेम हुन सक्ने सन्देश म्यूजिक भिडियोमा दिन खोजिएको छ । अन्य गीतहरु जस्तै ‘भुलेर नी माया नलाउनु’मा पनि दर्शक स्रोताको अपार माया पाउँने गीतकार सत्यकला लामा बताउँछिन् ।
‘भुलेर नी माया नलाउनु’को मेल भर्सन यसअघि नै सार्वजनिक भैसेककेको छ ।

भिडियो :

https://youtu.be/wkldw1EpExU

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *