ग्लोबल टिभि
0
काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्यूडको मापन गरिएको छ ।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको थियो।
Post Views: 1,216
Leave a Reply