मकवानपुरमा ३ लाख ३२ हजार नगदसहित १४ जुवाडे पक्राउ

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १२, २०७७      0

काठमाडौं । मकवानपुरमा ३ लाख ३२ हजार ८९२ रुपैयाँ नगदसहित बिहीबार राति ९ बजे १४ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथस्थित दिलबहादुर मोक्तानको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुबाट नगदसहित १२ बुक तास र ३१ वटा कौडासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *