एलिना केसी, काठमाडौ ।स्वदेशमा रोजगारी छैन, बेरोजगारीको दबाबले विदेशी भूमिमा जानैपर्ने बाध्यता छ। विदेशमा गएर कमाउला र घर खर्च जोहो गरौला भन्ने युवाहरुको ताँती दैनिकी बढ्दो छ। तर, वैदेशिक रोजगारीमा हुने असुरक्षाका कारण हरेक दिन नेपाली युवाहरु बाकसमै फर्कनुपर्ने दुखान्त नियती यथावत छ।
घरमा नाना चाचाको जोहो गरौला भन्दै हरेक दिन सयौ युवा विदेश भूमिमा पुग्छन्। सन्ततीको सुन्दर भविष्यको कल्पना गर्दै जहाजबाट विदेश पुग्ने युवा फर्कदा के हुन्छ ? त्यसको जवाफ कसले दिने ? तैपनि मनभरी घरको माया बोकेर विदेशको अन्जान शहरका गल्ली गल्लीमा पसिना चुहाउनैपर्छ । तर, त्यही चुहाएको पसिनाबाट आर्जित धन लिएर घर सजाउन पाइन्छ, या पाइदैन, त्यसको कोही कसैले जवाफ दिएको पनि छैन, दिदैनन् पनि होला । तैपनि जोखिम मोलेरै युवाहरु विदेश पुग्ने गरेकै छन् ।
हुन त संविधानमा रोजगारीको प्रत्याभूतिका कुरा नलेखिएको पनि होइन, तर,संविधानमा जे –जे लेखिएको भएपनि यी विदेशी भूमिमा जान लर्काे लाग्नेहरुका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तै त हो नि । यदी यो राज्यले यी लाखौ युवाको भावना सम्बोधन गर्न सक्थ्यो, भने यसरी मृत्यु शहरमा निस्कन के यी युवाहरुलाई रहर थियो होला र ?अहँ पक्कै उनीहरुको रहर होइन र हुन पनि सक्दैन । तर, विवशताको तरबारले घाँटी नै रेट्न थालेपछि उनीहरु विमास्थलबाट हरेक दिन ताँती लागेर विदेशी भूमिमा पुग्न विवश छन् । राज्यले गास बास कपास र रोजगारको प्रबन्ध नगरिदिँदा युवा यसरी विदेशीन परेको अधिकारकर्मी विमला खनाल बताउँछिन् ।
यसरी, यो नियती र बाध्यताको जंजिरले जबरजस्त विदेशी भूमिमा युवाहरुलाई धकेलिरहेको छ। स्वदेशमा रोजीरोटीको मेलोमेसो राज्यले गरिदिदो हो, त यसरी लावालस्कर विामनस्थलमा हुदैनथ्यो होला । बेरोजगारीको आगाले भतभती पोलेपछि उनीहरु विवश भएर यसरी विदेशमा धकेलिन बाध्य भएका हुन् । विदेशी भूमिमा धकेलिएका मध्येबाट वर्षेनी एक हजार बढी युवा बाकसमा फकाइन्छन्। यो नियतीको दुखान्त कथा हिजो भन्दा आज झनै बढेको छ ।
स्वदेशमै गतिलो रोजगारी हुन्थ्यो भने, यसरी मृत्युसंग पौठेजोरी खेल्दै विदेशी भूमिमा जानुपर्दैन, थियो होला । यस्तो नियतीले हरेक वर्ष १ हजार ७३ नेपाली युवाको बिरानो मुलुकमा अनाहकमै ज्यान गुमाएर बाकसमै फर्किरहेका छन् । तर, सरकारी अधिकारीहरु युवा पलायनको गणना गरिरहेका छन् । हरेक वर्ष युवा पलायनको संख्या बढी रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले बताए । उनका अनुसार कोरोना महामारीमा केही कमी भएपनि कामको सिलशिलामा मृत्यु हुनेको संख्या बढेको छ।।
लाखौ युवाको काँध चढेर दलहरुले राजनीति गरे र गरिरहेका छन् । तर, तिनै युवाको काँधमा चढेर राजनीति गर्नेहरु यो दर्दनाक पीडाप्रति बेखबर जस्तै छन्। राजनीतिक दस्तावेजमा युवाको नाउँमा जे जे अमूर्त कुरा लेखिएपनि युवालाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गरिएको हुन्थ्यो भने हरेक दिन युवा बाकसमा फर्कने नियती दोहोरिदैनथियो कि ?
Leave a Reply