गुल्मीको मुसिकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

 ग्लोबल टिभि      बुधबार, साउन १३, २०७८      0

गुल्मीको नगरपालिका–४ स्थित दोभान भन्ने स्थानमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लु१ज– ४५६५ नम्बरको जीप दुर्घटना भएको छ ।शान्तिपुरबाट सदरमुकाम तमघासका लागि छुटेको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदै छ । एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *