राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमास्थित नेपालकै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको आज उद्घाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वतन्त्र राष्ट्र बनाउन सिन्धुलीगढीको इतिहास महत्वपूर्ण हुने बताइन् ।
समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल र नेपाली जनताको अस्तित्वसँग प्रत्यक्ष जोडिएको गढीले नेपालीलाई राष्ट्रिय एकतामा बाँध्न सफल हुने विश्वास व्यक्त गरे । प्रधानसेनापति थापाले मातृभूमि रक्षक वीर योद्धाहरूको सालिक अनावरण गरेका थिए । कार्यक्रममा सिन्धुली युद्धसम्बन्धी वृत्तचित्रसमेत देखाइएको थियो । गढी घुम्न आउनेलाई वृत्तचित्र देखाइने नेपाली सेनाले जनाएको छ ।
सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा संग्रहालय निर्माण गरेको हो । संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिएको छ । अब संग्रहालय नगरपालिकाले रेखदेख गर्नेछ ।
०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरी निर्माणकार्य सुरु गरिएको थियो । ६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो ।
Leave a Reply