ग्लोवल टि.भी.
शनिबार, साउन १६, २०७८
0
झापा । कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि झापामा फेरि आजबाट निषेधाज्ञा लागू हुने भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै साउन १६ गते मध्यरातिदेखि २३ गतेसम्म पुनः निषेधाज्ञा घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।
यो अवधिमा दूध, तरकारी, मासुजन्य वस्तुको कारोवार बिहान ६ बजे देखि ८ बजेसम्म खुला गरिने प्रशासनले जनाएको छ ।
कोरोनाको संक्रमण बढ्न थालेपछि झापाका १५ स्थानीय तहमध्ये १० वटामा यसअघि नै निषेधाज्ञा लागू गरिएको थियो । झापाको बुद्धशान्ति गाउँपालिकाबाट शुरु भएको निषेधाज्ञा लगाउने क्रम पश्चिमी भागको कमल गाउँपालिकासम्म लागू भएको छ ।
यस्तै मेचीनगर, हल्दिबारी, कन्काई, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र विर्तामोडमा पनि निषेधाज्ञा लागू गरिएको छ ।
Post Views: 423
Leave a Reply