आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३०० रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार तोलामा ११६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि घटेर तोलामा ११५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *