हङकङ्गको रेष्टुरेन्टमा आगलागी हुदाँ मृत्यु भएका ७ जना नेपालीको सनाखत

 ग्लोबल टिभि           0

हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ मृत्यु भएका ७ जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा ३८ वर्षका युवराज कडेँल, १३ वर्षकी कृतिका कडेँल, २५ वर्षका राजबाबु नेपाल, ९ वर्षका रायन नेपाल, ३९ वर्षका शेर बहादुर गुरुङ्ग, ३२ वर्षकी अनिता निरौला र ४० वर्षकी बिनिता तामाङ रहेको एनआरएनए हङकङ्गकी अध्यक्ष राधिका गुरुङले जानकारी दिइन। बिनिता तामाङ रेष्टुरेष्टकी मालिक हुन।

उनीहरुको नेपालस्थित ठेगाना भने खुलिसकेको छैन। आगलागीमा परेर १८ जना भन्दा घाइते भएका छन। जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको थियो।

एनआरएनए हङकङ्गकी अध्यक्ष राधिका गुरुङ्गले आगलागी परेर मृत्यु भएका परिवारलाई आफूहरुले सहयोग गर्ने बताइन। उनले आगलागी भएदेखि नै स्थानिय सरकारसँग समन्वय गरेर काम गरिरहेकी छिन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *