मेलम्चीमा फेरि बाढी, सतर्कता अपनाउन प्रशासनको आग्रह

 ग्लोबल टिभि      आइतवार, साउन १७, २०७८      0

मेलम्ची नदीमा बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

शनिबार राति काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा शनिबार राति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। असार १ को बाढीबाट भएको क्षति र विस्थापितको पुर्नस्थापना हुन नपाउँदै पुनः बाढी आउँदा स्थानीय त्रसित भएका हुन्।

यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नभएको बताइएको छ। ठूलो पानी परेकाले मेलम्ची र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्। शनिबार राति नदीको जलसतह बढेपछि मेलम्ची बजारका बासिन्दा घर छाडेर माथिल्लो क्षेत्र लागेका छन्।

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । चनौटे बजारको बीच भागबाट नदी बगिरहेको  र  वाढीवाट स्थानीय ७ पक्की  तथा ६ वठा कच्ची घरमा क्षेति पुगेको खनालले वताए ।

मेलम्ची बजारसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन खबर गरिसकेको र सबै ठाउँमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालले वताए ।

यसअघिको बाढीले हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *