जिप दुर्घटना एक जनाको मृत्यु , ५ जना घाइते

 ग्लोवल टि.भी.      आइतवार, मंसिर १४, २०७७      0

म्याग्दी । मंगला गाउँपालिका–२ काफलचोकमा आइतबार जिप दुर्घटना एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ११ वर्षीया करिस्मा केसी छिन् ।

बिहान ११ बजेतिर भएको उक्त दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकबाहेक सबै पाँचै यात्रु एकै परिवारका हुन् ।

सोही वडाको सल्यानतर्फ जाँदै गरेको प्रदेश२ ०३–००१ च ०२५३ नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको हो ।

घाइतेहरूलाई थप उपचारका लागि सदरमुकाम बेनी पठाइएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *