कन्सुलर सेवा विभागबाट खोप लगाएको भनेर प्रमाणीकरण गर्नु नपर्ने

 ग्लोबल टिभि      सोमवार, साउन १८, २०७८      0

अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणीकरण गर्नु नपर्ने भएको छ । विदेशमा रहेको सबै नेपाली नियोगहरूलाई समेत यसबारे जानकारी गराइएको भन्दै अब कन्सुलरमा गएर थप प्रमाणीकरण गर्नु नपर्ने विभागले जनाएको छ ।

आइतबार सीसीएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालहरूबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गर्न पत्राचार गरेको थियो ।

यसअघि विदेश जाने कामदार र विद्यार्थीहरुले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिए पनि त्यसलाई फेरि कन्सुलर विभागबाट पनि प्रमाणीकरण गर्दै आएका थिए । विभिन्न देशहरूले खोप अनिवार्य गरेपछि खोप लगाएको प्रमाण पत्र लिनेको सङ्ख्या बढेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *