काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र बागलुङबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटेलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३९ वर्षीय राजु तामाङ लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १३ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै बागलुङको बागलुङ नगरपालिका–२ हाडेपाखा बस्ने चन्द्र प्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय यमबहादुर केसी लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार रुपैयाँ र तीन बुक तास फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply