काठमाडौं । राजनीति र समाजसेवामा अहोरात्र खटिरहेका नेपाली कांग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले आइतबार बिहान सवारी दुर्घटनामा गम्भीर घाइते भएका सवारी चालकलाई आफ्नै खर्चमा काठमाण्डौं ल्याई उपचार गराएका छन् । आज बिहान यात्रु लिन जाने क्रममा रामेछापको लिखु गाउँपालिका वडा नम्बर ४ डुडामा हिम गंगा प्रालिको टाटा सुमो किञ्जाभन्दा माथिबाट ५० मिटर तल खोलामा खस्दा सवारी चालक सञ्जिब लुइटेल गम्भीर घाइते भएका थिए ।
यो घटनाबारे जानकारी लिने बित्तिकै कान्छारामले आफ्नै पहलमा हेलिकोप्टरबाट सवारी चालक लुइटेललाई उद्दार गरेका हुन् । तामाङ प्रतिनिधिसभाको निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका थिए । उनी जिल्लाका अरु पनि सामाजिक विकासमा सक्रिय रहँदै आएका छन् । उनले यसरी नै धेरैपटक विरामीलाई हेलिकोप्टोरबाट काठमाडौं ल्याएका छन् ।
तामाकोशी २ शैपु स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा ६ बस्ने वर्ष २५ का चालक लुईटेललाई उपचारारका लागि प्रभु हेलिकप्टरबाट उद्दार गरिएको हो । घाइते लुँइटेलको बि एण्ड बि अस्पताल ग्वार्कोमा उपचार भैरहेको छ ।
उनको मेरुदण्डमा गम्भीर चोट लागेको चिकित्सकले जनाएका छन् । कांग्रेस नेता तामाङ जिल्लामा सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय युवा नेताका रुपमा परिचित छन् । उनले जिल्लामा एम्बुलेन्ससेमत बाँडेका छन् ।
Leave a Reply