मृतक तामाङले न्याय पाउनुपर्ने भन्दै पीडित पक्षले बाह्रबिसेमा गरे प्रदर्शन, छानबिन समिती गठन हुने

 ग्लोबल टिभि           0

सिन्धुपाल्चोकस्थित बाह्रबिसे प्रहरीको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि छानबिन हुने भएको छ।

प्रहरी हिरासतमा रहेका बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएको थियो। प्रहरीले उनलाई कुटपिट गरेको भन्दै पीडित पक्षले आइतबार बाह्रबिसे बजारमा प्रदर्शन गरेका थिए। उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले छानबिन समिति बनाउन लागेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

छानबिन गरिदिन भन्दै प्रदर्शन भएपछि समिति गठन हुने भएको छ। तामाङलाई गत शुक्रबार बिहान धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा लग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार तामाङलाई चोरीको मुद्दामा प्रहरीले गत १८ गते नियन्त्रणमा लिएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *