ग्लोबल टिभि
मङ्लबार, साउन २६, २०७८
0
आज विहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, वागमती प्रदेश र लुम्बिनी प्रदेश को एक/दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र वागमती प्रदेशको एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Post Views: 686
Leave a Reply