बिष्णु पौडेलको ‘बर्थ डे’ मनाएर शुरु भयो सचिवालय बैठक

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १६, २०७७      0

काठमाडौं । सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आफ्नो ६२ औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केक काटेर उनले जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए । त्यसक्रममा पार्टी उपध्यक्ष वामदेव गौतमले पौडेललाई १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शुभकामना व्यक्त गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *