इमाडोल प्रहरीको सक्रियताले आत्महत्या गर्न लागेका चिकित्सकको ज्यान बच्यो

 ग्लोबल टिभि      बुधबार, मंसिर १७, २०७७      0

ललितपुर ।  जीवन देखि निराश भएर आत्महत्या गर्न लागेका एक चिकित्सको प्रहरीको सक्रियताले ज्यान बचेको छ ।
घटना बिबरण अनुसार  विभिन्न थरिका आ‍ैषधी ओभरडोज सेवन गरेर छटपटाई रहेका  चिकित्सकको मंगलबार महानगरिय प्रहरी प्रभाग इमाडोलका निरीक्षक बिजय तिमल्सिना नेतृत्वको टोलीले उद्धार गरि ज्यान बचाएको हो । ललितपुर प्रहरीको कन्ट्रोलमा एक युवतीले फोन गरेर ती युवाले आत्महत्या गर्न लागेको सूचना दिएपछि महानगरीय प्रहरी प्रभाग इमाडोलको टोलीले उनको उद्वार गरेको थियो ।  प्रभागबाट प्रहरी निरीक्षक  तिमल्सिनाको कमाण्डमा रहेकोे टोली सूूूूूचना पाएकोे केही मिनेटमा घटनास्थल पुगेको थियो।

युवाको  किष्ट   मेडिकल  इमाडोलमा उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पर्सा घर भएका ती २९ वर्षीय युवा किष्ट मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेर एमडीको तयारीमा थिए।

महालक्ष्मी नगरपालिकामा डेरा गरिबस्ने उनी एक युवतीसँग एकतर्फी प्रेम सम्बन्धमा थिए।मंगलबार ती युवतीको अन्य युवासँग विवाह भएपछि उनले एउटा सामाजिक सञ्जालमा आत्महत्याको पूर्व जानकारी दिएर त्यसको प्रयास गरेका थिए। सो सामाजिक सञ्जालमा रहेकी एक युवतीले जानकारी दिएपछि प्रहरी उद्वारमा सक्रिय भएको थियो ।आफै चिकित्सक रहेका उनले डेरामा राखिएका विभिन्न थरीका आ‍ैषधीका संयौं गोली खाएका थिए।

प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *