लापिलाङ पहिरोले ४ सय जनाको खेतीयोग्य जमिन नष्ट, सुकुम्बासीमा परिणत भए १५ परिवार(फोटो फिचर)

 ग्लोवल टि.भी.      बुधबार, साउन २७, २०७८      0

डम्बर चौलागाई, दोलखा। दोलखाको लापिलाङमा रानीबन र घट्टे खोलामा गएको पहिरोले चार सय जना स्थानीयको खेतीयोग्य जमीन बगाएको छ। नेपालकै सिन्धुपाल्चोक पछिको दोस्रो ठुलो मानिएको पहिरोले कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का चार सय घरपरिवारको हजारौं रोपनीमा खेतीयोग्य खेत र बारी पहिरोले बगाएको वडाले तथ्यांक निकालेको छ।

अघिल्लो वर्ष र यस वर्षको पहिरोले चार सय ५ जनाको खेतीयोग्य जमिन पहिरोले बगाएको सोही वडाका वडा अध्यक्ष सुबास थामीले जानकारी दिए। केहिदिन अघि वडालाई बागमती प्रदेश सरकारले क्षति र पीडितको तथ्यांक तत्काल निकाल्न निर्देशन दिए अनुसार वडाले अहिले पीडितको तथ्यांक संकलन गरिरहेको हुँदा अहिलेसम्म पहिरोले चार सय ५ जना लापिलाङ बासिन्दाको खेतीयोग्य जमिन बगाएको वडा अध्यक्ष थामीले बताए।

त्यसैगरी पहिरोले गरिखाने खेतवारि बगाउँदा १५ घर परिवार सुकुम्बासीमा परिणत भएका छन् । पहिरोले वडा नम्बर पाँचको काराबारी,देवी थान,कात्तिके लगायतका सयौं घर परिवार पहिरोको उच्च जोखिममा रहेका छन् भने,अघिल्लो वर्षको पहिरोले ९ घरपरिवारलाई घर बिहिन बनाएको छ।

पहिरोले वडा कार्यालय भवन समेत कुन बेला बगाउने हो टुङ्गो छैन। मंगलबार पहिरोको निरक्षन गर्न लापीलाङ पुगेका नेपाली कांग्रेस कालिन्चोक गाउँपालिका सभापति अर्जुन शिवाकोटी लगायतको टोलि संग स्थानीयले पहिरोको कारण आफू सुकुम्बासी बनेको र दैनिक गुजारा चलाउन समस्या भएको पीडित मान बहादुर थामीले दुखेसो गरे।

पहिरोले थामिको एक मुरीको खेत बगाएको बताए। अहिले पनि पहिरो निरन्तर बगिरहेको हुँदा कुन दिन पहिरोले चिरा परेर बसेको सिङ्गो गाउँनै पहिरोले बगाउने भन्दै सो गाउँका स्थानीय त्रासित बनेका छन्।

पहिरोले धर्म खत्री,पुण बहादुर खड्का रुकमला लगायतको घरलाई आधा भाग चर्काएर राखेको छ। अघिल्लो वर्षको पहिरोबाट गणेश थामी,पुस्कर थामी ,लालमान थामी,दिलबादुर थामी, सन्तकुमार थामी,सुजन थामी,लक्ष्मण थामी,अमर थामी र सरिता थामी गरि नौ घरपरिवार अहिले घरबार बिहिन बनेका छन्।

तस्वीर सामाजिक सञ्जाल

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *