बलात्कारी संगठन नामक फेसबुक ग्रुपमाथि प्रहरीले थाल्यो अनुसन्धान

 ग्लोबल टिभि           0

काठमाडौँ   – बलात्कारी संगठन नामक सामाजिक सञ्जालमा खोलिएको फेसबुक ग्रुपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । बलात्कार जस्तो जघन्य अपराध बढिरहेको बेला सामाजिक सञ्जालमा कसले, किन, के प्रयोजनको लागि ग्रुप खोलिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।

ग्रुप खोल्नेहरुको खोजीकार्य सुरु भइसकेको प्रहरीले जनाएको छ ।  ग्रुप खोल्ने व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा अन्य युनिटहरु पनि लागिपरेका छन् ।

गत शनिबार बढ्दो बलात्कारका घटनाविरूद्ध स्वतन्त्र महिलाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । सो प्रदर्शनले सामजिक सञ्चालमा चर्चासमेत पाएको थियो । तर केही युवाहरूले भने त्यसैको विरोध स्वरूप बलात्कारी संगठन भन्दै ग्रुप खोलेको बुझिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *