रोकिएन ‘पिर्के सलामी ’ मोह, प्रहरी दिवसमा प्रचण्ड पुत्रीले यसरी लिइन् सलामी

 ग्लोबल टिभि           0
तस्वीर: नविन श्रेष्ठ,सामाजिक सञ्जाल

काठमाण्डौं । हिजो निरंकुश राजतन्त्र थियो, नागरिक र शासक समान भएनन् भनि जनताले राजतन्त्र फाले । तर आज ‘धेरै राजाहरु’ भए भनि सार्वजनिक आलोचना भैरहँदा पदमा आसिनहरुले आँफूलाई छोटे राजा देख्ने क्रम रोकिएको छैन । बिगतमा पनि मन्त्री, मुख्यमन्त्री, प्रदेशका मन्त्री, मेयर , उपमेयरले ‘पिर्के सलामी’ लिएको भनि आलोचना भैरहँदा फेरि प्रचण्ड पुत्रीको यस्तै सलामी सार्वजनिक भएको छ ।
प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहालले यस्तै सलामी लिएको दृष्य सार्वजनिक भएको छ ।
उक्त तस्वीरको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ ।
मेयर रेणु स्वयं एवं उन्को सचिवालयले भने यसबारे केहि बताएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *