संघीय सरकारले अधिकार क्षेत्र हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकार सर्वोच्चमा

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर १८, २०७७      0
asfafasfsaf saf

संघीय सरकारले आफ्नो अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको भन्दै प्रदेश नम्बर २ सरकारले अदालतको ढोका ढक्ढक्याएको छ ।

प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलले बिहीवार सर्वोच्च अदालत पुगेर संघीय सरकारविरुद्ध रिट दायर गरेको प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले  जानकारी दिए ।

संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र रसमृद्ध तराई मधेस सिञ्चाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

देश सरकार मातहत आइसकेको भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय प्रदेश सरकार मातहत आइसकेको थियो, संघीय सरकारले हस्तक्षेप गरेपछि त्यसविरुद्ध मन्त्रीज्यूले अदालतमा रिट दायर गर्नुभएको हो,’ मुख्य न्यायाधिवक्ता झाले भने ।

आफ्नो अधिकार क्षेत्र मिच्ने गरी संघबाट परिपत्र भएपछि अदालतको ढोका ढक्ढक्याउनुपरेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *