एउटा मान्छेको मायाँले फरक पर्छ जीन्दगीमा ….

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १९, २०७७      0

‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’, ‘मोहनी लाग्ला है’, ‘मलाई नसोध कहाँ दुःख छ घाउ’ जस्ता सयौ कालजयी गीत सङ्गीत प्रेमी माझ दिने स्वर सम्राट नारायण गोपाल ।
आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका स्वर सम्राटको उपाधि समेत पाउनुभएका नारायण गोपालको ३० औं स्मृति दिवस कोरोना महामारिकाको कारण सम्झनामा सिमित भएको छ ।
वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मङंसिर १९ गतेका दिन निधन भएको थियो ।
सङ्गीतकार रामकृष्ण दुवाल नारायण गोपाललाई सम्झदै भन्नुहुन्छ, उहाँ नेपाली सुगम संगीतले अन्तराष्ट्रि«य क्षेत्रमै केही गरोस् भनेर बारम्बार नेपाली सुगम संगीतबारे चिन्ता लिइरहनुहुन्थ्यो । हाम्रो सुगम संगीत पनि अन्तर्रा्ष्ट्रिय स्तरमा पुग्नुपर्छ भन्नुहुन्थ्यो ।
दाईचा भनेर नेपाल भाषामा उहाँलाई बोलाउने सम्झदै दुवालले नेपाल भाषाको गीतमा पनि मलाई मदत गर्नुभएको बताउनुभयो ।
नेपाली सुगम संगीत हाम्रै पनको हुनुपर्छ भन्ने कुरा मलाई जहिल्यै सम्झना आउँछ उहाँले भन्नुभयो । दाफा भजन सुनाउदा निकै खुसीका साथ सुन्नुहुन्थ्यो दुवाल थप्नुहुन्छ, हाम्रो सांस्कृतिलाई गीत मार्फत प्रस्तुत गर्नुपर्ने सधै भन्नुहुने मलाई सम्झना आउछ ।
यता सङ्गीत शम्भुजित बाँस्कोटाले नारायण गोपालले पीडा लुकाएर गीत संगीतमा रमाउने बानी विशेष लाग्ने बताउनुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *