ग्लोबल टिभि
0
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका लागि सरकारसँग अपील गरेको छ ।२६औँ स्थापना दिवसको अवसरमा बिहीबार संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग र महासचिव मुकुन्दबहादुर प्रधानले संयुक्त वक्तव्य जारी गर्दै भ्रष्टाचार नियन्त्रणसँगै कोरोना महामारी नियन्त्रणमा सर्वपक्षीय प्राथमिकता जुटाउन सरकारलाई आग्रह गरेका हुन् ।
अध्यक्ष र महासचिवद्वयले नेपालमा राजनीति र निजी स्वार्थको लागि पदको दुरुपयोग प्रमुख समस्या भएको उल्लेख गर्दै उनीहरुले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई राज्यका प्रमुख एजेण्डा बनाउन माग गरेका हुन् ।
सरकार गठन भएको एक महिना पुगिसकेकोले मन्त्रिपरिषदलाई पूर्णता दिई सेवाप्रवाहलाई प्रभावकारी बनाउन र राजनीतिक हस्तक्षेप बन्द गर्न पनि विज्ञप्तीमा भनिएको छ।
Post Views: 1,069
Leave a Reply