ग्लोवल टि.भी.
आइतवार, भदौ ६, २०७८
0
गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध
गृह मन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन नागरिकसँग आग्रह गरेको हो । गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनेको छ ।
अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने बताइएको छ ।।
Post Views: 736
Leave a Reply