उपत्यकामा जारी निषेधाज्ञा आज सकिदै, प्रजिअको बैठक बस्दै

 ग्लोबल टिभि      मङ्लबार, भदौ ८, २०७८      0

उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्नेछ ।

बैठकको सिफारिसअनुसार निर्णय हुनेछ । हाल प्रशासनले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाएको छ । यो निर्णयले रातिको समयमा होटलहरुमा हुने भीडभाड कम भएको प्रशासनको निष्कर्ष छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *